क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो  « Khabarhub

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो 


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ । 

आगामी माघ २२ गतेबाट देशब्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी स्वरूप १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । थप २ लाख मात्रा खोप यही पुस २८ गते आइपुग्ने जनाइएको छ ।

नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१र८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । 

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । 

यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ । 

एचपीभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ३७ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी