न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ « Khabarhub

न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ ।

बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि जवाफी बहस सकेपछि अब आदेशको प्रतिक्षा भएको छ।

सरकारी वकिलको जवाफी बहस पनि सकिएपछि इजलासबाट न्यायाधीश नीतिज राईले प्रतिवादीसहितलाई बोल्ने अवसर दिएका थिए ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसहितको भविष्य न्यायाधीश नीतिज राईको हातमा रहेको छ ।

रविसहितका अभियुक्त पुर्पक्षका लागि जेल जान्छन् या बाहिरै बसेर मुद्दा लड्न पाउँछन् भन्ने कुराको टुंगो आजै साँझसम्म लाग्न सक्नेछ । यदि बहस नोट टाइप भइसकेमा न्यायाधीश राईले आजै साँझ आदेश दिनेछन् ।

बिहीबार थुनछेक बहसको अन्तिममा सरकारी वकिलहरूले वादीकातर्फबाट जवाफी बहस गर्दै सबै अभियुक्तलाई पुर्पक्षका लागि जेल चलानका लागि न्यायाधीशसमक्ष आग्रह गरे ।

त्यससँगै न्यायाधीश राईले रविसहितका अभियुक्तालाई बाँकी रहेको केही भएमा भन्ने अवसर दिएका थिए । इजलासमा रहेका एकजना अधिवक्ताका अनुसार न्यायाधीश राईले दिएको बोल्ने अवसरलाई पूर्वगृहमन्त्री लामिछानेले सदुपयोग गरे ।

उनले न्यायाधीश राईसमक्ष आफूलाई तारेखमा पठाउने आदेश आएमा सहकारी पीडितिहरूको न्यायका लागि लड्ने वचन दिए ।

स्रोतका अनुसार उनले इजलासमा उभिएर भने, ‘श्रीमान् तारेखमा पठाउने आदेश दिनु भएमा सहकारी पीडितलाई न्याय दिन मन छ ।’

उता जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बहस सकिएकाले आजै पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको बताए ।

‘सरकारी वकिलको जवाफसँगै सबै बहस सकिएको छ’, उनले भने, ‘आजै साँझसम्म सबै प्रतिवादीबारे पुर्पक्षसम्बन्धी आदेश आउन सक्छ ।’

यस प्रकरणमा तीन सातादेखि निरन्तर न्यायाधीश नीतिज राईको इजलासमा सुनुवाइ भइरहेको थियो । रास्वपा नेता कार्यकर्ताले यो मुद्दा नटिक्ने जिकिर गरिरहेका बेला रविले इजलासमा तारेखमा छोडिदिनका लागि न्यायाधीशलाई भनेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ४२ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली