हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त « Khabarhub

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ।

डढेलो तीव्र गतिमा फैलिएपछि हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम संकटमा परेका छन्। अमेरिकी सरकारले यिनलाई खाली गराउन थालेको छ ।

डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ ।

लस एन्जलसमा अहिले आगोका कारण हलिउड आसपासको सडकमा भागदौड मच्चिएको छ । मानिसहरू आफ्नो अनुहार छोप्नका लागि कपडाको प्रयोग गरिरहेका छन् । श्वास फेर्ने सजिलो उपायको खोजीमा मानिसहरू लागिरहेका छन् ।

कयौँ मानिसहरू सुटकेस लिएर अन्यत्र जाने कोसिसमा छन् । आगो पुगेको स्थानका सबैजसो सडक ट्राफिकले भरिएका छन् ।

यी सडकमा प्रतिष्ठित हलिउड बुलेवार्ड र हलिउड वाक अफ फेम पनि छन् । केही मानिस भाग्नका लागि गलत बाटो अपनाउँदा फसेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  २ : ४० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक