लगातार ६ दिन बढेको बजार आज १८ अंकले घट्यो « Khabarhub

लगातार ६ दिन बढेको बजार आज १८ अंकले घट्यो


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ । 

आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७३ हजार ३०९ पटक शेयर किनबेच भएको छ । 

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

दिनभरमा १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक सबै समूह राताम्य भएको छ । आज होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६ हजार ६९६.३५ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह २.९३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअवल फण्ड समूह ०.२१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ३ : १४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट