क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर | Khabarhub Khabarhub

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराइएको छ ।

केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएपछि त्यहाँस्थित उद्धारकर्मीलाई पनि मुस्किल परेको छ । क्यालिफोर्नियाका गभर्नर आफैं आगो नियन्त्रणका लागि खटिएका छन् । तर डढेलोको भीषण स्वरुपका अगाडि कसैको केही नलाग्ने अवस्था आएको छ ।

डढेलो तीव्र गतिमा फैलिएपछि अमेरिकी सरकारले हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम संकटमा परेका छन् ।

डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ । अहिले डढेलेका कारण हलिउड आसपासको सडकमा भागदौड मच्चिएको छ ।

कयौँ मानिस सुटकेस लिएर अन्यत्र जाने कोसिसमा छन् । आगो पुगेको स्थानका सबैजसो सडक ट्राफिकले भरिएका छन् ।

यी सडकमा प्रतिष्ठित हलिउड बुलेवार्ड र हलिउड वाक अफ फेम पनि छन् । केही मानिस भाग्नका लागि गलत बाटो अपनाउँदा फसेका छन् । अहिलेसम्म त्यहाँ डढेलोमा परेर ५ जनाले ज्यान गुमाइसकेका छन् ।

आगो निभाउन हेलिकप्टर र कयौँ जहाज प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । डढेलो फैलिँदै सहरतिर अघि बढेकाले क्षति अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ ।

सबै तस्बिरहरू : एपी

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ३ : २३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित