नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  

सेनाको श्री बरख गणले सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौतामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

स्थानीयहरूसँगको सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले श्री नं.२७ बाहिनी अड्डा तथा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसंगको सहकार्यमा तेरहौतामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्री बरख गणले जनाएको छ ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, आँखा जाँच तथा चस्मा वितरण जस्ता सेवाहरू प्रदान गरिएको थियो ।  

उक्त शिविरबाट महिला १९६ जना र पुरुष ८९ जना गरी जम्मा २८५ जना स्थानियवासीहरु लाभान्वित भएका थिए भने आँखाको समस्या पहिचान भएका १२० जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको सेनाले जनाएको छ ।

सो क्रममा गणले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा शितलहर पीडित अति विपन्न १ सय ३२ जना स्थानीयहरूलाई न्यानो कम्बल समेत वितरण गरेको थियो । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : ३४ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले