रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश « Khabarhub

सहकारी ठगी प्रकरण

रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश

रविसँग अदालतले माग्यो ६५ लाख धरौटी


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिर रवि लामिछानेसहितका आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिएका हुन् ।

रविको हकमा न्यायाधीश राईले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले खबरहबलाई जानकारी दिए।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।

लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर त्यसको भोलिपल्टदेखि कास्की प्रहरीको हिरासतमा थिए ।

न्यायाधीश राईले लामिछानेसहितका प्रतिवादीलाई रिहा गर्ने आदेश दिएसँगै रास्वपालाई राहत भएको छ ।

यस प्रकरणमा १९ जनाविरुद्ध संगठित अपराध अभियोग लगाइएको थियो। अधिकांशलाई सहकारी ठगी मुद्दा परेको थियो ।

अदालतले आदेश दिने भएपछि रास्वपाका दर्जन आसपास नेताहरू पोखरा पुगेका थिए ।

कार्यवाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकाल र शिव नेपालीसहित कास्की अदालतअगाडि पुगेका थिए । लामिछाने पत्नी निकिता पौडेल अदालतको प्रतीक्षालयमा थिइन् । अदालत आसपासका क्षेत्रमा रास्वपा र रवि समर्थकको ठूलो भीड थियो ।

यसअघि प्रहरी प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो । ६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ५१ जनालाई प्रतिवादी बनाउन प्रहरी प्रतिवेदनले राय दिएको थियो ।

विपक्षी बनाइएकामध्ये प्रहरीको हिरासतमा ५ जना र ९ जना पुर्पक्षका लागि थुनामा थिए । प्रहरीले प्रतिवादी बनाएकामध्ये ३७ जना फरार छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ०२ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६