वायुसेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन « Khabarhub

वायुसेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ । 

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्य छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् । 
 
बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

पर्यटन प्रवर्द्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए  ।
 
पुरातात्त्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ । 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।
 
देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ ।

त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले निगममा  समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए  ।
 
मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए  । नेपाल वायुसेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हर सम्भव प्रयत्न भइरहेको उनले दोहोर्‍याएका थिए ।  
  
समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायुसेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिँदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे  । 

निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए  । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए ।  

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ४५ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त