नारायणी रङ्गशाला जीर्ण भएकोमा प्रभु साहको चिन्ता « Khabarhub

नारायणी रङ्गशाला जीर्ण भएकोमा प्रभु साहको चिन्ता


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

 वीरगन्ज- आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा राजनीतिक दल र नेताहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् ।  नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनले बताए । 

वीरगन्जस्थित नारायणी रंगशालाको आज निरीक्षण गर्दै अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रङ्गशाला जीर्ण बनेको बताए । केही चोर नेताहरूका कारण नारायणी रङ्गशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए । 

 ‘प्रधानमन्त्री भर्खर वीरगन्ज आउनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंगशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखाना उहाँको नजर परेन । यहाँको घण्टाघर पञ्चायत कालमा बन्यो के उहाँको योगदान केही हुनुपरेन ?’, अध्यक्ष साहले भने, ‘यहाँ आएर भाषण गर्ने, विकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडी पछाडि गर्नेलाई सोध्ने बेला भएको छ । की त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर ।’ 

बिरगंजबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने हो भने अब हामी चुप लागेर बस्ने बेला होइन, यसको हिसाब किताब गर्नुपर्ने समय भएको साहले भने । 

यहाँबाट ट्रक आउजाउ गर्दा त्यसको धुलो धुवा वीरगन्जवासीले खानुपर्ने तर सरकारले विकास नै नगरेपछि अब हामीले कर किन तिर्ने त्यसबारेमा सोच्ने बेला भएको उनले बताए । ‘वीरगन्जबाट चार गुणा बढी ट्याक्स लिने तर सोही परिणाममा यहाँको विकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ । 

‘जब यहाँबाट सरकारले बढीभन्दा बढी ट्याक्स लिन्छ भने बढी भन्दा बढी विकास गर्नुपर्छ,’ अध्यक्ष साहले भने,  ‘२१औँ शताब्दीमा वीरगन्जसँग जुन अन्याय, अत्याचार, विभेद भइरहेको छ, हामी चुप लागेर बस्दैनौँ । वीरगन्जको मानसम्मान, विकास, गौरवका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसाबकिताब गर्छौँ ।’ 

मधेस विभिन्न खेलकुदमा मधेस अगाडी रहेको इतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडि पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटबल, भलिबल लगायतका विभिन्न खेलमा मधेस जहिले पनि अगाडी भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निर्माण गर्नुपर्ने, थप रङ्गशाला निर्माण गर्दै खेलकुदको विकासका लागि आफूले योगदान उनले बताए । 

पर्साका नेताहरू दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पुरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेससँग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले वीरगन्जको विकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।  

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ५५ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल