एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय « Khabarhub

एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको व्यक्तिगत वित्तीय डेटामा पहुँच राख्ने कुरामाथि रोक लगाएका छन्।

जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएको हो। मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले मुद्दा दायर गरेपछि यस्तो निर्णय भएको हो।

महान्यायाधिवक्ताले मस्क र डोग सरकारी निकाय नभएको तथा त्यस संस्थाले सङ्घीय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।

डेमोक्र्याट नेतृत्वको राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पसहित अर्थ मन्त्रालय र अर्थमन्त्री स्कट बेसेन्टलाई विपक्षी बनाएका छन्। यसले एकदमै महत्त्वपूर्ण डेटाहरू बाहिर आउने तथा ह्याकिङको समेत जोखिम बढाउने भन्दै सो निर्णय भएको जनाइएको छ। १४ फेब्रुअरीमा अर्को सुनुवाइ नभएसम्म यो निर्णय यथावतै रहनेछ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ५० बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी