आइतबार कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

आइतबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ९० पैसा र बिक्रीदर १४५ रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपियाँ ८४ पैसा र बिक्रीदर १७४ रुपियाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ९१ पैसा र बिक्रीदर १५४ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७० पैसा र बिक्रीदर ८८ रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४३ पैसा र बिक्रीदर ९७ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३३ पैसा र बिक्रीदर १०३ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १५ पैसा र बिक्रीदर चार रुपियाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०१ पैसा र बिक्रीदर ३८ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्री दर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८३ पैसा र बिक्रीदर १२ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९२ पैसा र बिक्रीदर १८ रुपियाँ, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ २७ पैसा र बिक्रीदर ४५४ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २७ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपियाँ १२ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : १५ बजे

नेपाल समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको

सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट

सुर्खेत– सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ

क्यालिफोर्निया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्निया प्रान्तीय सरकार

बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम 

पोखरा– नेपाल कानून व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा