कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत « Khabarhub

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने क्रममा किशोरीलाई ती युवकले सडकमा बाटो छेकेर चक्कु देखाउँदै आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि युवक भागेका युवकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणीबारे जानकारी आएको डीएसपी बोहराले बताए । किशोरी धनगढीस्थित एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ४९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा