महायज्ञका नाममा विजय भण्डारीले ठूटै पारे पोखराका बरपिपल, कारबाही गर्न वन कार्यालयलाई पत्र « Khabarhub

महायज्ञका नाममा विजय भण्डारीले ठूटै पारे पोखराका बरपिपल, कारबाही गर्न वन कार्यालयलाई पत्र

‘कमजोरी भयो, रुख काटेका ठाउँमा बिरुवा रोप्छौँ’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनाउने गरेका विजय भण्डारीले पोखरामा गर्ने भनिएको महायज्ञका नाममा चौतारका बरपिपल काटिनुलाई कमजोरी भनेका छन् ।

यसअघि पोखरा महानगरपालिकाले चौतारका बरपिपल ठुटै बनाएर आफूलाई दोष लगाएको आरोप लगाउँदै आएका भण्डारीले आइतबार पत्रकार सम्मेलन गर्दै कमजोरी स्वीकारेका हुन् ।

भण्डारीले सहरको हरित सौन्दर्य बिरुप बनाउने गरी बरपिपल काटिएकोमा केही कमजोरी भएको स्वीकारे । ‘रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान तयार छौँ’, उनले भने, ‘रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने योजना छ ।’

यसअघि भण्डारी र उनका सहयोगीहरूले पोखरा महानगरले आफैं रुख काटेर प्रोपोगाण्डा गरेको आरोप लगाएका थिए । आफैँले धमाधम हरिया रुख काटेर मानव सेवा फाउण्डेसनलाई मेयर धनराज आचार्यले दोष लगाएको भन्दै धर्मविरोधीसमेत भन्न भ्याएका थिए । मेयर आचार्यलाई सनातन हिन्दु धर्मविरोधी भनेका भण्डारी र उनका सहयोगीले चौताराका रुख काटिएकामा पहिलो पटक गल्ती स्वीकारेका हुन् ।

भण्डारीले पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबीसहित महायज्ञस्थलको हल अत्याधुनिक बनाइने जिकिर गरे । हल भित्रबाट बाहिर आवाज ननिस्किने उनको जिकिर थियो । महायज्ञका क्रममा पोखराको लेकसाइडमा २५ हजारभन्दा बढी भक्त बाहिरबाट ल्याएर कार्यक्रम सफल बनाउने भण्डारीले बताए ।

महायज्ञको नाममा भन्दै ती बरपिपलका रुख अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भन्दै काटेको थियो । पोखरा महागरपालिका-१४ मा मात्रै ६ वटा चौताराका ९ वटा बरपिपल नपलाउने गरी ठुटै बनाइएको छ ।

पोखरा महानगरका अनुसार सहरका विभिन्न वडाका ३३ वटा पुराना रुख ठुटै बनाएर काटिएका छन्। ती काटिएका रुखहरू सय वर्षभन्दा पुराना थिए ।

महायज्ञका नाममा काटिएका रुखका दाउरा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ। वर, पीपल र समीका पुराना रुख काटेर दाउराका रुपमा थुपारिएको थियो । ती रुख काटेर दाउराका रुपमा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेको अवस्थामा महानगरले नियन्त्रणमा लिएको हो।

उता भण्डारीले पशुपतिमा जस्तै आगामी वैशाख १७ गतेदेखि लेक साइडस्थित बाराहीघाटमा कोटीहोम गरिछाड्ने बताएका छन् । तर पोखरा महानगरले भण्डारीको अनधिकृत गतिविधि रोक्ने योजना बनाएको छ ।

भण्डारी कुनै हालतमा महायज्ञ गर्ने भन्दै केही हिन्दु धर्मावलम्बीलाई पनि उचाल्न लागिरहेका छन् । उनले काठमाडौंमा भएको महायज्ञको पनि हिसाब किताब पारदर्शी रुपमा सार्वजनिक नगरी हिनामिना गरेको आरोप अहिले पनि लागिरहेको छ।

अनुमति नदिने

पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले आइतबार जनाएको छ । महानगरपालिका कार्यालयले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसनलाई लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको जनाएकव छ। यसअघि जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय पनि रद्ध गर्न लेखी पठाउने निर्णय महानगरले गरेको छ ।

कोटीहोमका लागि दिइएको लेकसाइडस्थित जग्गा सहरको अतिव्यस्त स्थानमध्येमा पर्छ । आन्तरिक तथा बाह्य पर्यटक आवतजावत/घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले उक्त अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरिसेको छ । महानगरले नगर क्षेत्रमा आफ्नो अनुमतिबिना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति/सिफारिस/सहमति नदिन पनि ट्रस्टलाई भनेको छ ।

नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले कोटीहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका बरपिपल लगायत रुख बिरुवाहरू गैरकानुनी रुपमा कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटानमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।

महानगर क्षेत्रभित्र धार्मिक/सांस्कृतिक लगायतका अन्य कार्यक्रम आयोजना एवम् व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था/व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्वार प्रणालीमार्फत् साविकदेखि नै हुने व्यवस्था भएकाले त्यही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालय र शाखा/महाशाखालाई निर्देशन पनि जारी गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : १६ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा