निजी मेडिकल कलेजले स्विकारेनन् आवासीय चिकित्सकलाई सरकारले तोकेको निर्वाह भत्ता दिन « Khabarhub

निजी मेडिकल कलेजले स्विकारेनन् आवासीय चिकित्सकलाई सरकारले तोकेको निर्वाह भत्ता दिन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चिकित्सा शिक्षा आयोगले तोकेको आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णयप्रति निजी मेडिकल तथा डेन्टल कलेजहरूको एसोसिएसनले आपत्ति जनाएको छ । 

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै एसोसियसनले एक विज्ञप्ति जारी गरेको हो । 

आयोगले पहिले तोकेको पहिलो वर्षका लागि रु.२५,०००, दोस्रो वर्षका लागि रु. ३०,०००, र तेस्रो वर्षका लागि रु. ३५,००० को निर्वाह भत्ताको निर्णयलाई आफैले कुल्चिएको एसोसिएशनका अध्यक्ष प्रा.डा ज्ञानेन्द्रमान कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चिकित्सा शिक्षा आयोगले लागू गरेको आत्म मूल्याङ्कन फारम ले भर्ना प्रक्रियामा अनावश्यक जटिलता थपेको र सिट निर्धारण गर्दा उचित परामर्श नगरिएको गुनासो एसोसिएसनले गरेको छ । 

एसोसिएसनका अनुसार यसले विद्यार्थी, मेडिकल कलेज, र स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष असर पुर्‍याउने भएकाले आयोगले यी निर्णयहरू पुनर्विचार गर्नुपर्ने माग राखेको छ ।

एसोसिएसनले सरकार तथा आयोगलाई मेडिकल शिक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी, र व्यावहारिक बनाउने गरी काम गर्न आग्रह गर्दै सबै सरोकारवाला पक्षसँग समन्वय गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : १९ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना