‘अच्छा लिकिन’को रिमेक हुने, राजेश हमालको फिल्म ‘नरसिंहा : अवतारमा’ हुनेछ समावेश « Khabarhub

‘अच्छा लिकिन’को रिमेक हुने, राजेश हमालको फिल्म ‘नरसिंहा : अवतारमा’ हुनेछ समावेश


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ ।

नायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिने भएको हो । गीत रिमेक हुने भएको छ ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिमेकमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर रहनेछ ।

‘नरसिंहा : अवतार’का निर्देशक दिवाकार भट्टराईका अनुसार यो गीतको भिडियो १५ लाख रुपैयाँ खर्च गरेर तयार गरिएको हो । काठमाडौंको जरसिंपौवामा सेट निर्माण गरी चार दिन लगाएर छायाङ्कन सकिएको उनले बताए ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी र सनिषा भट्टराई लगायतले नृत्य गरेका छन् ।

नायक हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाल कर्नेलको भूमिकामा छन् । यही फिल्मबाट नायक हमाल आठ वर्षपछि पर्दामा फर्कँदैछन् ।

यो फिल्ममा नायक हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्दैछन् । पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : २७ बजे

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट