‘अच्छा लिकिन’को रिमेक हुने, राजेश हमालको फिल्म ‘नरसिंहा : अवतारमा’ हुनेछ समावेश « Khabarhub

‘अच्छा लिकिन’को रिमेक हुने, राजेश हमालको फिल्म ‘नरसिंहा : अवतारमा’ हुनेछ समावेश


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ ।

नायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिने भएको हो । गीत रिमेक हुने भएको छ ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिमेकमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर रहनेछ ।

‘नरसिंहा : अवतार’का निर्देशक दिवाकार भट्टराईका अनुसार यो गीतको भिडियो १५ लाख रुपैयाँ खर्च गरेर तयार गरिएको हो । काठमाडौंको जरसिंपौवामा सेट निर्माण गरी चार दिन लगाएर छायाङ्कन सकिएको उनले बताए ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी र सनिषा भट्टराई लगायतले नृत्य गरेका छन् ।

नायक हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाल कर्नेलको भूमिकामा छन् । यही फिल्मबाट नायक हमाल आठ वर्षपछि पर्दामा फर्कँदैछन् ।

यो फिल्ममा नायक हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्दैछन् । पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : २७ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका