प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन् « Khabarhub

सांसदसँग संवाद

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन् । चुनावी प्रचारका क्रममा पनि उनले तीन मिनेटभन्दा लामो भाषण गरेनन्।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकमा पनि उनले केबल तीन मिनेट मात्रै बोले ।

बैठकमा सहभागी सचिवहरूलाई बोल्न नदिई तीन मिनेटमा कुरा सकेका उनले काम गर्न नसक्ने भए बिदा भएर जान चेतावनी दिए ।

सोमबारदेखि उनले संघीय संसद्मा निर्वाचित सबै सांसदहरूसँग संवाद अघि बढाएका छन । उनले सोमबार कर्णाली र कोशीबाट निर्वाचित सबै दलका सांसदसँग प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय सिंहदरबारमा संवाद गरे ।

छलफल भए पनि उक्त संवादमा सांसदहरूले मात्रै एकोहोरो कुरा राखे । प्रधानमन्त्री शाह आफैंले भने कुनै पनि सांसदको प्रश्नको जवाफ दिएनन्।

‘हामीले एकोहोरो कुरा राख्यौँ । उहाँले कुनै प्रतिक्रिया दिनु भएन’, छलफलमा सहभागी एमाले सांसद राजेन्द्रकुमार राईले खबरहबलाई भने, ‘हाम्रा अध्यक्षमाथि भएका धरपकडदेखि जनजीविकाको कुरा राख्दा उहाँले सुनिरहनु भयो तर कुनै प्रतिक्रिया र जवाफ दिनु भएन।’

बालेन्द्रले सांसदहरूलाई सुरूमा स्वागत गर्दै भेट्न पाउँदा खुसी लागेको बताए । ‘प्रधानमन्त्री बैठक हलमा आउनु भयो, कुर्सीमा बस्नु भयो, माननीयज्यूहररू आउनु भएछ, खुसी लाग्यो भन्नुभयो । उहाँले बैठकका क्रममा बोलेको कुरा यति हो’, सांसद राईले भने।

बिहान साढे ११ देखि सुरू भएको कोशी प्रदेशका सबै दलसँगको संवाद झन्डै अढाई घण्टा चलेको थियो । त्यसक्रममा एमाले अध्यक्ष ओलीलाई गरिएको पक्राउको कुरा उठाउँदा पनि उनले मौनता साँधिरहे ।

‘अध्यक्षसहित अन्य नेतामाथि धइरहेको धरपकडको कुरा हामीले उठायौँ । तर प्रधानमन्त्री बालेनले केही पनि बोल्नु भएन। कुनै किसिमको प्रत्यूत्तर आएन। करिब करिब एकोहोरो संवाद गरेर हामी बाहिरियौँ’, राईले भने।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : ११ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका