नेपाल समाजवादीको महाधिवेशन, बाबुरामले बोलाएनन् ठूला दललाई (तस्बिरहरू) « Khabarhub

नेपाल समाजवादीको महाधिवेशन, बाबुरामले बोलाएनन् ठूला दललाई (तस्बिरहरू)


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको छ।

महाधिवेशनको उद्घाटन अध्यक्ष डा. बाबुरा भट्टराईले फूलमा पानी हालेर गरेका छन् । नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा बाबुरामले ठूला दलका नेतालाई भने निम्तो दिएनन्।

त्यहीकारण नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलका कुनै पनि नेता नेसपाको महाधिवेशनमा देखिएनन् ।

मञ्चमा अध्यक्ष भट्टराईसँगै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालसहित उपस्थित छन् ।

बाबुरामले महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीसहितका नेताहरूलाई नबोलाएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ५० बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको