पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन « Khabarhub

पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरीक्षण गरेको छ । 

आइतबार समितिका सभापति दीपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरीक्षण गरेको हो । 

समितिलाई खानेपानीमन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराएका थिए । समितिका सभापति दीपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरीक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनै पनि क्षति नपुगेको समेत बताए ।  

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ३५ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१