भारतको सहयोगमा निर्मित दार्चुलाको नौगाडस्थित स्वस्थ्य चौकी भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित दार्चुलाको नौगाडस्थित स्वस्थ्य चौकी भवन उद्घाटन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उद्घाटन गरिएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.५३६ करोड रुपैयाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो ।

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र दार्चुलाको नौगाड गाउँपालिकामार्फत् कार्यान्वयन गरिएको थियो ।

दार्चुलास्थित नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुनेछ ।

स्वास्थ्य सेवाको प्रवाहमा सुधार गर्न मद्दत गरी स्वास्थ्य चौकी भवनले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्‍याउनेछ । यस परियोजनाबाट १५ हजारभन्दा बढी मानिसहरू लाभान्वित हुने अपेक्षा छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ४३ बजे

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले