दशैँ बिदा छोप्ने होडमा फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि ! « Khabarhub

दशैँ बिदा छोप्ने होडमा फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि !


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायाङ्कनरत फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन मिति घोषणा भएको छ । निर्माता सरोज ओलीले आइतबार सामाजिक सञ्जालमार्फत फिल्मको प्रदर्शन मिति आगामी दशैँको फूलपातीलाई तय भएको जानकारी दिएका हुन् ।

छायाङ्कन सुरु भएको एक सातामै यस फिल्मको प्रदर्शन मिति तोकिएको हो । सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको यस फिल्म हरिवंश आचार्यले निर्वाह गरेको पात्र ‘हरिबहादुर’को प्रभावित भएको बताइएको छ ।

यस फिल्मको निर्देशक दीपेन्द्रकुमार खनाल हुन् । फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका मुख्य भूमिकामा रहेको बताइएको छ । फिल्म हरिवंश आचार्यको कन्सेप्ट र कथामा बन्न लागेको हो ।

आगामी दशैँ लक्षित गरी प्रदर्शनमा आउने फिल्ममा ‘हरिबहादुरको जुत्ता’ सहभागी भएको छ । यसअघि नै आधा दर्जनभन्दा बढी फिल्मले प्रदर्शन मिति फूलपातीलाई तोकेका छन् ।

दशैँको बिदामा फिल्म प्रदर्शन गर्ने होडमा फिल्महरु ‘माइतीघर’, ‘फन फनी घुमेर’, ‘दशमी’ ‘महाराजधिराज’, ‘परालको आगो’ ‘आगो¹ लगायत छन् ।

छायाङ्कनरत फिल्म ‘बलिदान’ पनि दशैँ लक्षित गरी प्रदर्शनमा आउने बुझिएको छ । दशैँलाई प्रदर्शन मिति तोके पनि यी मध्ये केही फिल्म अझै छायाङ्कनमा निस्किएका छैनन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : २३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा