उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन « Khabarhub

उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अहिले नै सरकारमा जाने अवस्थामा नरहेको बताएका छन् ।

यादवले सत्ता गठबन्धनलाई समर्थन गरेको अवस्थामा सरकारमा जान कुनै बार्गेनिङ नगरेको पत्रकारहरूलाई बताए ।

आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर पनि उनले गरेका छन् ।

अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसद्‍को कार्यसूचीमा आउनेबित्तिकै आवश्यक निर्णय लिइने बताए ।

अध्यादेशबारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत उनले बताए ।

यादवले सरकारले ल्याएको अध्यादेशबारे पार्टीले धारणा बनाइरहेको बताएका छन् । पार्टीले धारणा बनाउँदै गरेको बताउँदै उनले अध्यादेशप्रति सकारात्मक रहेको जवाफ दिए ।

‘देश र जनताको पक्षमा निर्णय लिन्छौँ । अध्यादेश हामीले अड्काएको होइन,’ उनले भने, ‘हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’

उनले यसपहिले खबरहबसँगको कुराकानीमा आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताएका थिए । तर उनले शनिबार निर्णय लिने बताए पनि अझै अनिर्णित अवस्थामा छन् ।

प्रतिनिधिसभाबाट अध्यादेश सजिलै पारित हुन्छ । तर राष्ट्रियसभामा जसपाको तीन सिटको साथ मिले मात्रै अध्यादेश पास हुने अवस्था छ । त्यहीकारण फेल हुने डरले अध्यादेश संघीय संसद्‍का दुवै सदनमा पेश गरिएको छैन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ३२ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक