विश्वप्रकाशको प्रश्न- प्रचण्डसँग मिल्दा प्राकृतिक, ओलीसँग मिल्दा चाहिँ कसरी अप्राकृतिक ? | Khabarhub Khabarhub

विश्वप्रकाशको प्रश्न- प्रचण्डसँग मिल्दा प्राकृतिक, ओलीसँग मिल्दा चाहिँ कसरी अप्राकृतिक ?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार गठनका सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले आवेगात्मक अभिव्यक्ति दिएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा शर्माले वर्तमान सरकार अप्राकृतिक भन्ने प्रचण्डको अभिव्यक्ति आवेगात्मक भएको बताएका हुन् ।

महामन्त्री शर्माले पत्रकारसँगको कुराकानीका क्रममा कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ? भन्दै प्रश्न गरे।

कांग्रेसले अध्यादेशबारे आवश्यकताका आधारमा धारणा बनाउने गरेको भन्दै यसअघि प्रतिपक्षीमा हुँदा पनि सघाएको स्मरण गरे । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई छलफलबाट मात्रै अघि बढाउन सुझाव दिए ।

त्यस्तै शर्माले भ्रष्टाचार, शिक्षा, अख्तियार, कर्मचारी विधेयक अहिलेको संसद्‍बाट टुग्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ५३ बजे

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठ परम्परा

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

नवलपरासी- यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको

दुई दशकपछि सडक स्तरोन्नति, स्थानीय खुसी

बागलुङ- निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश

वाशिंटन – ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलालीको डिपोर्ट रोक्न अमेरिकाको