विश्वप्रकाशको प्रश्न- प्रचण्डसँग मिल्दा प्राकृतिक, ओलीसँग मिल्दा चाहिँ कसरी अप्राकृतिक ? « Khabarhub

विश्वप्रकाशको प्रश्न- प्रचण्डसँग मिल्दा प्राकृतिक, ओलीसँग मिल्दा चाहिँ कसरी अप्राकृतिक ?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार गठनका सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले आवेगात्मक अभिव्यक्ति दिएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा शर्माले वर्तमान सरकार अप्राकृतिक भन्ने प्रचण्डको अभिव्यक्ति आवेगात्मक भएको बताएका हुन् ।

महामन्त्री शर्माले पत्रकारसँगको कुराकानीका क्रममा कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ? भन्दै प्रश्न गरे।

कांग्रेसले अध्यादेशबारे आवश्यकताका आधारमा धारणा बनाउने गरेको भन्दै यसअघि प्रतिपक्षीमा हुँदा पनि सघाएको स्मरण गरे । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई छलफलबाट मात्रै अघि बढाउन सुझाव दिए ।

त्यस्तै शर्माले भ्रष्टाचार, शिक्षा, अख्तियार, कर्मचारी विधेयक अहिलेको संसद्‍बाट टुग्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ५३ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित