नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, देखियो ८ करोड बढी अवैध आम्दानी « Khabarhub

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, देखियो ८ करोड बढी अवैध आम्दानी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

आयोगले नगर प्रमुख बस्नेतले आफ्नो कार्यकालमा आम्दानीको तुलनामा साढे आठ करोड बढी खर्च गरेको देखिएकोले खर्च तथा लगानीको स्रोत पुष्टि नभएको भन्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले बस्नेत नगर प्रमुखको जिम्मेवारीमा हुँदा उनको परिवारले विभिन्न शिर्षकमा १९ करोड ९५ लाख ७४ हजार ८३२ रुपैयाँ २५ पैसा आम्दानी गरेको तर, सोही अवधिमा विभिन्न शिर्षकमा खर्च तथा लगानी भने २८ करोड ६५ लाख ६१ लाख ९६७ रुपैयाँ ९४ पैसा गरेको जनाएको छ ।

नगर प्रमुख बस्नेतको कार्यकालमा उनको परिवारले खर्च तथा लगानी गरेको ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत नदेखिएको भन्दै सोही बराबरको बिगो कायम गरी कैद तथा बिगो जरिबाना गर्नुपर्ने भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

घिमिरेका अनुसार नगर प्रमुख बस्नेत सार्वजनिक सेवाको पदमा रहँदाको बखत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट उनको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात र खरिद गरिएका घरजग्गा जफत गर्नेगरी श्रीमतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ ।

यसअघि १४ पुसमा अख्तियारले घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको आरोपमा पहिलो भ्रष्टाचार मुद्दा चलाएको थियो ।

आयोगले बस्नेतबाट असुलउपर गर्नेगरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको थियो । बस्नेतसँगै उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ११ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको