नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय अब नयाँ स्थान र भवनमा « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय अब नयाँ स्थान र भवनमा


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ स्थान र नयाँ भवनबाट सञ्चालनमा आएको छ । बैंकले हालसम्म चितवन रत्ननगरको बकुलहर, टाँडीको केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएकोमा आजबाट भरतपुरको बाइपासरोड स्थित जिल्ला सहकारी संघको आधुनिक भवनमा सरी सेवाको सुरुवात गरेको हो ।

आज नै बैंकले हाकिमचोक स्थित नयाँ शाखा कार्यालयबाट समेत सेवाको सुरुवात गरेको जनाएको छ । बैंकको २२औँ साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम स्थानान्तरण भएको हो ।

बैंकले चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गरेको भरतपुरमा केन्द्रीय कार्यालय स्थानान्तरण भएसँगै सेवाग्राहीलाई थप सेवा प्रदान गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : २५ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका