कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ « Khabarhub

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नु परेको हो । घटनामा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन् । दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार होली खेलेर बसेका केही व्यक्तिहरू मदिरा सेवन गरेको अवस्थामा सामान्य विवादबाट झडप सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । झडपका क्रममा कैलालीका एसपी चन्द चढेको गाडीमा समेत ढुङ्गामुढा प्रहार गरिएको बताइएको छ।

प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ९ : ३४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका