लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२औँ संरक्षण उत्सव  « Khabarhub

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२औँ संरक्षण उत्सव 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर– लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको छ । 

लाटोकोसेरो तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शकदेखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो । 

महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी स्थानीयले महोत्सव अघि लाटोकोसेरो तथा हुचिलका महत्वबारेमा जानकारी नहुँदा गरिँदै आएको व्यवहार अव परिवर्तन गरी संरक्षणमा लाग्ने बताएका छन् । 

पहिले लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउँछ भन्ने थाहा थिएन लाटोकोसेरो तथा हुचिल उत्सव भएपछि लाटोकोसेरो किसानको साथी हो भन्ने थाहा भएको स्थानीय बेतिनी देवी मण्डलले बताइन् । पहिले लाटोकोसेरो मारेर औषधीको रूपमा प्रयोग हुने गरेको पनि उनले सुनाइन् । 

स्थानीय कलम हुसेन पनि महोत्सवले लाटोकोसेरो महत्वका बारेमा जानकारी भएकोले संरक्षणमा लाग्न प्रेरणा मिलेका सुनाए । उत्सवमा सहभागी चरा विद्ध क्यारो इन्स्किपले लाटोकोसेरो तथा हुचिल संरक्षणकालागि आआफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरेकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ३७ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा