वर्षमानको माग- ०४६ यताका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौँ « Khabarhub

वर्षमानको माग- ०४६ यताका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौँ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

पाल्पा– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरादरबार प्रकरण छानबिन गर्न माग गरेका छन् । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन गर्दै पुनले यस्तो माग गरेका हुन् । आफूहरूबाट गल्ती भएको भए भोग्न तयार रहेको उनको भनाइ थियो ।

पुनले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठेका गिरिबन्धु टी स्टेट, यति, ओम्नी, स्वीस बैंक र कम्बोडियामा लगानी प्रकरणबारे पनि छानबिन हुनुपर्ने औँल्याए ।

‘अध्यक्ष प्रचण्डले यदि मेरो पार्टी, मेरो कार्यकर्ता वा मैतिर पनि सुईहरू सोझिन्छन् भने अनुसन्धान गर्ने निकायलाई निर्देशन गर्नुभयो । नेपालको इतिहासमा सार्वजनिक रूपमा यस्तो अपिल गर्ने उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । शेरादरबार, क्यान्टोन मेन्ट, माओवादी नेतामाथि प्रश्न उठेकाबारे छानबिन गर्नुहोस् । स्वीस बैंक, कम्बोडिया, गिरिबन्धु, यति र ओम्नीका विषयमा कुरा उठेका छन् । ओलीजीले आफूबारे उठेका प्रश्नहरुका बारेमा छानबिन गर्न तयार हुनुहुन्छ । हामी ज्यान हत्केलामा राखेर गणतन्त्रका लागि लडेका हौं । अहिले पनि हामी जोखिम मोल्न तयार छौँ । हामी आफ्नाबारे केही उठ्छन् भने आफैँ शुद्धीकरण गर्न तयार छौँ । तपाईँहरु तयार हो कि होइन ? ।’ 

व्यवस्थाको सर्भिसिङ गर्ने क्रममा मुलुक विकासको ठूलो बाधकका रूपमा रहेको भ्रष्टाचार, राज्य दोहन र अनियमितता रोक्न कदम चालेका कारण बिचौलिया र स्वार्थ समूहले रातारात सरकार ढालेको उनले दोहोर्‍याए । यद्यपि बिचौलियाहरूको खुसी अब धेरै दिन नटिक्ने उनको भनाइ थियो । 

नेता पुनले ०४६ यता प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, उच्च प्रशासक, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सबैको सम्पत्ति नवीन गर्न शक्तिशाली छानबिन आयोग गठनको प्रस्ताव गरे । 

वर्तमान सरकारले विपक्षी दलका नेता र आफू निकटलाई छानबिन, अभियोजन र मुद्दा दर्तामा फरक मापदण्ड अपनाएको टिप्पणी उनले गरे । 

‘एमालेका मन्त्री मानव तस्करको खर्चमा उनीहरूको डिजाइनमा जापान जान्छन् । जापानले शंका गरेर पठाउँछ । उनीसँगै गएर ठगिएका युवालाई थुनिन्छ । लाने मन्त्रीमाथि कारबाही हुँदैन  पोखराको सहकारीमा ऋण लिएका एमालेका सांसदलाई सरकारी साक्षी बनाइन्छ । विपक्षी दलका नेता मुद्दाको भागीदार हुन्छन् । काठमाडौंको सहकारीमा काँग्रेसका सांसदमाथि प्रहरीले मुद्दा चलाउन सिफारिस गर्दा पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्छन् ।  फरार भनिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीलाई एकै दिनमा बयान, एकै दिन थुनछेक बहस, उही दिन धरौटीमा रिहा गरिन्छ । त्यस्तै मुद्दामा विपक्षी दलका नेतालाई देशभर घुमाइन्छ, हुर्मत लिइन्छ’, पुनले भने ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ०९ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा