भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार्नु पर्छ : बाबुराम भट्टराई « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार्नु पर्छ : बाबुराम भट्टराई


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।

चूनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरी आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दाबी गरे  ।

भट्टराईले नयाँ बैकल्पीक शक्ति बनाउनका लागि बिचार मिल्नेहरूसँग सहकार्य गर्दै जाने र पुराना शक्तिहरूलाई बाइ–बाइ गर्ने जिकिर गरे । उनले अहिलेको उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केही समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए ।  

प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । 

त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा (नयाँ शक्ति) ले जनाएको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ३३ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा