भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो « Khabarhub

भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । 

आइतबार दिउँसो पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव प्रहरी डुबेको स्थल भन्दा करिब २ सय मिटर दक्षिणतर्फ फेला परेको हो ।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो । उनीहरू निमार्णाधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए ।

सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरूको खोज कार्यको लागि निरन्तर परिचालन भएको थियो ।

अघिल्लो अपडेट पढ्नुहोस् :

भेरी नदिमा बेपत्ता २ मध्ये १ जनाको शव भेटियो

झोलुङ्गे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर दुई जना बेपत्ता

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको