फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते « Khabarhub

फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इङ्ग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो।

दुर्घटनामा चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

बोहराका अनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उचापर भइरहेको छ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ४९ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक