अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन « Khabarhub

अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइन टिभी पत्रकार सङ्घ नेपालले सामाजिक सञ्जाल विधेयक २०८१ तत्काल फिर्ता लिन माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । उनले विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनी समेत दिएका थिए । 

माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले “सरकारले मुख थुन्दै छ लोकतन्त्र ह्याक हुँदै छ, आलोचना गर्ने अधिकार, खोस्न पाइँदैन होसियार, अभिव्यक्ति माथिको अंकुश, बन्दै छ सरकार निरङ्कुश लगायतका नारा लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए । 

उनीहरूको प्रदर्शनप्रति एकता जनाउँदै नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आलोचना र खबरदारीलाई निस्तेज पार्ने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाए। उनले नेपालमा लोकतन्त्र रहन्छ भने यस्तो विधेयक नरहने र यस्तो विधेयक आयो भने लोकतन्त्र नरहने दाबी गरे ।

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरूको साझा संस्थाको रूपमा रहेको संघले यो विधेयक पारित भएमा आफूहरूको पेशा बन्द नै हुने ठहर गरेको छ।

सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरूले नटेर्ने देखिएकाले सडक र दबाबमूलक आन्दोलन सुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । 

अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृति र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भए पनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ । 

संघले विधेयक फिर्ता गराउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने सम्मका कार्यक्रमहरू गर्ने तय गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : २५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच