‘कांग्रेसभित्रको एकता बलियो भए कसैले हराउन सक्दैन’ « Khabarhub

‘कांग्रेसभित्रको एकता बलियो भए कसैले हराउन सक्दैन’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले हराउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आइतबार घोराहीमा गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘हामी मिलेमा कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्न आवश्यक छ ।’

सभापति देउवाले दाङमा रहेको विमानस्थलको स्तरवृद्धि अपरिहार्य रहेको बताए । उनले तुलसीपुरस्थित विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरूरी छ’, उनले भने, ‘यो दाङको आवश्यकता हो । यसमा मैले पनि पहल गर्नेछु ।’

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ५८ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको