‘कांग्रेसभित्रको एकता बलियो भए कसैले हराउन सक्दैन’ « Khabarhub

‘कांग्रेसभित्रको एकता बलियो भए कसैले हराउन सक्दैन’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले हराउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आइतबार घोराहीमा गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘हामी मिलेमा कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्न आवश्यक छ ।’

सभापति देउवाले दाङमा रहेको विमानस्थलको स्तरवृद्धि अपरिहार्य रहेको बताए । उनले तुलसीपुरस्थित विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरूरी छ’, उनले भने, ‘यो दाङको आवश्यकता हो । यसमा मैले पनि पहल गर्नेछु ।’

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ५८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६