थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा – थ्रीस्टार क्लब २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल नहुँदा टाइब्रेकरको सहारा लिनुपरेको थियो।

टाइब्रेकरमा मच्छिन्द्रका विशाल घलान र आदित्य शाक्यका प्रहार विफल हुँदा टोली पराजित भयो। घलानको प्रहार क्रसबारमा लाग्यो भने आदित्यको प्रहार थ्रीस्टारका सरिन जिसीले बचाए। मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरेका थिए भने थ्रीस्टारका दिपेश आले, एलेक्स, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे।

निर्धारित समयमा मच्छिन्द्रले थ्रीस्टारका गोलरक्षक अभिषेक बराललाई थुप्रैपटक चुनौती दिए। मनिष डाँगी, विमल घर्तीमगर र आन्द्रेस नियाले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। थ्रीस्टारका दिपेश घलेको प्रहार बारमा लागेर फर्किएको थियो।

थ्रीस्टारका प्रशिक्षक गणेश घिमिरेले पहिलो खेल भएकाले केही चुनौती आए पनि सेमिफाइनलमा सुधार गर्ने बताए। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए।

थ्रीस्टारले अब थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ। सोमबार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ८ : ४८ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी