श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू « Khabarhub

श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ ।

नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ गतेदेखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई बताए ।

“श्रीलङ्काको मुख्य नरिवल क्षेत्र नर्दन कोकोनट ट्राइङ्गलमा २५ लाख नरिवलको बिरुवा खेती गरिने लक्ष्य रहेको छ ।”

आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्काले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्दथ्यो, तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोड पुगेको छ ।

मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण यो कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुङ्गाले सञ्चारमाध्यमलाई बताए।

श्रीलङ्काको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनको लागि २० करोड नरिवलको दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : २४ बजे

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका