मुख्यमन्त्रीले गरे क्रसर उद्योगको अनुगमन « Khabarhub

मुख्यमन्त्रीले गरे क्रसर उद्योगको अनुगमन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जनकपुर –मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् ।

उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् ।

गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहसहित धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीले क्रसर उद्योग अनुगमन गरेको हो ।

मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङगा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १० : ०७ बजे

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर २४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु