लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल | Khabarhub Khabarhub

लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले इङ्ग्लिस प्रिमियर सिपको खेलमा साउथ हाम्टानलाई ३–१ ले हराएको छ। यो जितसँगै लिभरपुलले प्रिमियरसिपमा १६ अंकको अग्रता कायम गरेको छ।

पहिलो हाफको इन्जुरी समयमा विल स्मलबोनले साँघुरो कोणबाट गोल गर्दै साउहाम्टनलाई अग्रता दिलाएका थिए। पहिलो हाफको समाप्तिमा १-० ले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा कमब्याक गरेको हो।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५१ औँ मिनेटमा डर्विन नुनेजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। ५५ औँ मिनेटमा नुनेजलाई नै फल प्रहार भएपछि पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे। त्यसपछि खेलको ८८ औँ मिनेटमा फेरि पाएको पेनाल्टीमा सलाहले अर्को गोल गर्दै लिभरपुललाई ३-१ को प्रष्ट जितको बाटोमा पुर्याएका हुन्।

यो सलाहको सिजनको २७ औँ गोल हो। यो जितसँगै लिभरपुलको ७० अङ्क छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५४ अङ्क छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : १३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका