लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल « Khabarhub

लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले इङ्ग्लिस प्रिमियर सिपको खेलमा साउथ हाम्टानलाई ३–१ ले हराएको छ। यो जितसँगै लिभरपुलले प्रिमियरसिपमा १६ अंकको अग्रता कायम गरेको छ।

पहिलो हाफको इन्जुरी समयमा विल स्मलबोनले साँघुरो कोणबाट गोल गर्दै साउहाम्टनलाई अग्रता दिलाएका थिए। पहिलो हाफको समाप्तिमा १-० ले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा कमब्याक गरेको हो।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५१ औँ मिनेटमा डर्विन नुनेजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। ५५ औँ मिनेटमा नुनेजलाई नै फल प्रहार भएपछि पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे। त्यसपछि खेलको ८८ औँ मिनेटमा फेरि पाएको पेनाल्टीमा सलाहले अर्को गोल गर्दै लिभरपुललाई ३-१ को प्रष्ट जितको बाटोमा पुर्याएका हुन्।

यो सलाहको सिजनको २७ औँ गोल हो। यो जितसँगै लिभरपुलको ७० अङ्क छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५४ अङ्क छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : १३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान