च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज « Khabarhub

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो। न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो।

भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २:४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ। उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ।

यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ। प्रतियोगितामा भारतले कुनै पनि खेल खेल्न पाकिस्तान नजाने बताएपछि हाइब्रिड मोडलमा यूएई र पाकिस्तानमा खेल भएका हुन्। आयोजक पाकिस्तान भए पनि भारत फाइनल पुगेपछि यो खेलसमेत युएईमै हुन लागेको हो।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : ०४ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो