‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, कानुनी उपचार खोज्ने निर्देशको चेतावनी « Khabarhub

‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, कानुनी उपचार खोज्ने निर्देशको चेतावनी


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ बाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल–३’ ले दर्शकबाट राम्रो साथ पाइरहेको छ । उच्च अकुपेन्सीका साथ तेस्रो दिनमा प्रदर्शनरत छ ।

अर्कोतर्फ फिल्मका क्लिपहरु सामाजिक सञ्जाल टिकटक छ्याप्छ्याप्ती भेटिन थालेका छन् । ती क्लिपमा फिल्मका महत्त्वपूर्ण दृश्यहरू पनि देख्न सकिन्छ ।

यसले फिल्मको कथावस्तु खुलाउने जोखिम बढेको छ । ती क्लिपहरु फिल्म हेर्न हलमा पुगेका दर्शकले खिचेर हालेको पाइएको छ ।

फिल्मका निर्देशक सशान कँडेलले यस्ता क्लिपहरु सार्वजनिक हुनुलाई पाइरेसी बताएका छन् । साथै, उनले तत्कालन ती क्लिपहरु हटाउन आग्रह गरेका छन् ।

निर्देशक कँडेलले ती क्लिपहरु नहटाए कानुनी उपचारमा लाग्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई तत्काल ती क्लिप्स हटाउन अनुरोध गरिन्छ । अन्यथा नेपाल प्रहरी साइबर ब्युरोमार्फन् कानुनी कारबाही गरी फिल्मलाई भएको आर्थिक क्षतिपूर्ति तपाईंबाटै असुल गरिने जानकारी दिइन्छ ।’

अधिकार प्राप्त नभएका व्यक्ति वा संस्थाले यसरी क्लिप राख्नु अपराध हो । यसलाई प्रतिलिपि अधिकार उल्लङ्न गरेको मानिन्छ ।

प्रतिलिपि अधिकार ऐन २०४९ अनुसार यसरी अधिकार नभएका व्यक्तिले फिल्मका दृश्य सार्वजनिक गर्दा १० हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्छ ।

निर्देशक कँडेलको चेतावनी :

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : ४७ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी