क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक : उद्योगमन्त्री | Khabarhub Khabarhub

क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक : उद्योगमन्त्री


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् । 

आजदेखि सुरु प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले पूर्वाधार तथा सुविधाको अभावमा पनि नेपाली क्रिकेट क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको बताए । 

‘क्रिकेटको विकासमा सरकार प्रतिबद्ध छ, अभावकै बीचमा पनि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ’, उनले भने । उनले क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । 

‘नेपाल प्रिमियर लिग (एनपिएल) जस्ता प्रतियोगिताले यस क्षेत्रमा आशा जागेको छ, थप लगानीको वातावरण निर्माण भएको छ’, उनले भने । 

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कूल ४६ वटा खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा खेलाइने जनाइएको छ । 

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सिद्धार्थ क्रिकेट रङ्शालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा विभागीय टोली सशस्त्र प्रहरी र बागमती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदूरपश्चिम र कर्णाली प्रदेशबीच खेल भइरहेका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : ४८ बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका