मेहनत नगरी कुराले मात्रै प्रगतिको चाहना पूरा गर्न सकिँदैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

मेहनत नगरी कुराले मात्रै प्रगतिको चाहना पूरा गर्न सकिँदैन : उपप्रधानमन्त्री सिंह

अधिकारसँगै जिम्मेवारीबारे विशेष ध्यान दिए समाजमा परिवर्तन ल्याउन मद्दत पुग्नेछ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन् । 

श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिएका हुन्  । 

उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षाको ज्योति पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए । 

उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशीलता अपरिहार्य रहेकोमा पनि जोड दिए । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरी सम्भव नहुने सिंहको भनाई छ । 

‘हामीसँग भएको चीजको महत्त्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ । जे हामीसँग छ , त्यसैलाई सुधार गरेर हामी अगाडी बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मेहनत नै नगरीकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’ 

अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौँ भन्ने सोच्न पनि उनले आग्रह गरे । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचिको क्षेत्रमा लगनशीलताका साथ मेहनत गरे सफलता प्राप्त हुने बताए । 

उपप्रधानमन्त्री सिंहले २००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरूले समाजका विविध क्षेत्रमा योगदान गरिरहेको भन्दै विद्यालयको पूर्वाधार विकासमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गरे । 

फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकास क्रम विधिसम्मत र  व्यवहारिक रूपमा अघि बढाइरहेको बताए । 

यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरू गर्नका बनेको पनि प्रस्ट पारे । ‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरी, नागरिकले महसुस गर्ने गरी विकास निर्माणको काम गर्नेगरि सरकार अघि बढिरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन त्यसले धेरै मद्दत पुर्‍याउँछ भन्ने मलाई लागेको छ ।’  

सिद्धेश्वर माध्यमिक विद्यालयले आज स्थापनाको ७७औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागी थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ४१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको