राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे । 

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महँगी नियन्त्रण र सुशासन प्रवर्द्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो । 

सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वविहीन भएको र कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको उल्लेख गरिन् । उनले तत्काल  उद्योग  सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरू कानुनी दायरामा आउन माग गरे। उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरे । 

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयमा पठाउने शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताइन् । उनले शिक्षकको माग सम्बोधन गर्न समेत माग गरे । 

नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जङ्गली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तार जालीको व्यवस्था गर्न माग गरिन् । 

कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरू आन्दोलनमा रहेको भन्दै उनीहरूको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे । 

उनले महिलाको हक अधिकार संरक्षण र यसको क्षेत्रको दायरा फराकिलो बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए । 

सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवर्द्धन र जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद् सुरेश आले मगरले महिला मुक्ति आन्दोलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले केही दिनअघि बुद्ध एयरको एउटा जहाज जनकपुरबाट पाङ्ग्रा बिना काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । 

‘यस्ता घटनाले पर्यटन क्षेत्रलाई समेत हतोत्साहित गर्छ । कुनै भौगोलिक विविधता र मौसमको प्रतिकूलता थिएन । सरोकारवालाले गम्भीरतापूर्वक अब यस्ता घटना सकेसम्म नदोहोर्‍याउने प्रतिबद्धता जनाउन जरुरी छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : २२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख