नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो : सांसद पन्त « Khabarhub

नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो : सांसद पन्त


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद कमला पन्तले नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा मन्तव्य व्यक्त गर्दै उनले भनिन्, ‘विगतको तुलनामा महिलाको सहभागिता बढेको छ तर नीतिनिर्माण तहमा सहभागिता बढेको छैन, नीतिनिर्माण तहमा महिला सहभागिता सुनिश्चित हुनुपर्छ ।’

महिलालाई उपराष्ट्रपति, उपप्रधामन्त्री, उपसभामुख, उपाध्यक्ष, राज्यमन्त्री र उपप्रमुखमै सीमित गर्नेभन्दा पनि नेतृत्वदायी भूमिका दिनुपर्ने उनले बताइन् । 

उनले भनिन्, ‘सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला सहभागिता  छ ।  निजामती सेवामा पनि २८ प्रतिशत महिला छन् ।’

उनले मन्त्रिपरिषद्मा पनि एक तिहाइ महिलाको सहभागिता सुनिश्चित हुने कानुनी व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद पन्तले भनिन्, “विसं २०६३ जेठ १६ गते संसद्बाट पास भएको सङ्कल्प प्रस्तावमा महिलाप्रति विभेद गरिएका कानुनको खारेज,एक तिहाइ महिला राज्यको सम्पूर्ण संरचनामा उपस्थित हुनुपर्छ, आमाका नामबाट नागरिकता पाउनुपर्छ, पैतृक सम्पत्तिमा छोराछोरीको समान अधिकारसम्बन्धी व्यवस्थाको कार्यान्वयन हुनुपर्छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : ०५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित