पूर्वराजालाई एमाले नेता ढुंगेलले भने- उत्ताउलो बनेर हिँडे निर्मल निवासबाट पनि घोक्रेठयाँक लगाउछौँ « Khabarhub

पूर्वराजालाई एमाले नेता ढुंगेलले भने- उत्ताउलो बनेर हिँडे निर्मल निवासबाट पनि घोक्रेठयाँक लगाउछौँ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिए ।

‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, उनले भनेका छन् ।

ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि नआउने बताएका छन् । ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ’, उनले अगाडि भनेका छन्, ‘पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्‍यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र  पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सनू ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : २६ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख