पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड « Khabarhub

पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आइपुगेका छन् ।

गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।

उनी काठमाडौं आउने भएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा पुगेका छन् । अहिले पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएका छन् । उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित जम्मा भइसकेका छन् । उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् ।

पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍यालीसहित निर्मल निवास हिँडेका छन् । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्दै अघि बढेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : ३५ बजे

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु