सांसद विश्वकर्मा भन्छन्- केही व्यक्तिले डोर्‍याएर नारायणहिटी लाँदैमा गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन | Khabarhub Khabarhub

सांसद विश्वकर्मा भन्छन्- केही व्यक्तिले डोर्‍याएर नारायणहिटी लाँदैमा गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताएका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा उनले केही व्यक्तिले राजालाई डोर्‍याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका  निकायको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले प्रभावित क्षेत्रमा ‘हाइ प्वाइन्ट’ निर्माण गरी बाली संरक्षण गर्न माग गरे । 

‘कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन् । हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावरको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावर र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु’, उनले भने ।
     
साथै उनले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी अस्पताल व्यवस्थापन सञ्चालनमा सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए  । तिलाठी कोइलाडीमा जित्तापुल बनाउन एक करोड रुपैयाँ बजेट विनियोजन भएर डिपिआरसमेत तयार भइसके पनि तीन वर्षसम्म पुलको टेण्डर प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गरे । 

स्थानीय तहलाई सुदृढ बनाउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्ने धारणा राखे । उनले शिक्षक आन्दोलनलाई तत्काल वार्ताका माध्यमबाट सम्बोधन गर्न अनुरोध गरे ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०५ बजे

रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको

ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद

कुलमानलाई हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल थप्यो : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका

सरकारलाई बालेनको चेतावनी : कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले

कुलमानलाई बर्खास्त गरेपछि प्रचण्डले भने : सरकारको कदम आपत्तिजनक

काठमाडौं – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त