‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर  « Khabarhub

‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । ४० जनालाई तालिम र अभ्यास गराइएका महानगरका विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले जनकारी दिए । 

आज राष्ट्रिय सभा गृहमा भएको अभ्यासमा नगर प्रहरी, वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद् व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारी गराइएको अर्यालले बताए ।  

आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएकाले क्षमता विकास थालिएको अर्यालले बताए । 

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दमकल छ । 

जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसै गरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुबानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ४७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित