धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक « Khabarhub

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पोखरा– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार पोखरा महानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन् । 

लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागिपरेको भन्दै कार्यालयअगाडि धर्ना दिइएको हो ।

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृ शक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको सहभागितामा बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्ना भएको हो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबारका लागि त्रिपक्षीय बैठक आह्वान गरेपछि धर्ना रोकिएको थियो । पोखरामा कोटीहोम रोक्न लागेको भन्दै आयोजक नेपाल मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा रिट दायर भएको छ । उक्त रिटमा अदालतले विपक्षी पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

उक्त आदेशविरुद्ध पोखरा महानगर भ्याकेटमा गएको छ । अदालतले दुवै मुद्दालाई एक ठाउँमा राखेर हेर्न अग्राधिकार दिएको छ ।

कोटिहोम आयोजक संस्था नेपाल मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न वडाका चौतारी मुठुर्‍याएको भन्दै कारबाहीको मागसहित अर्को रिटसमेत परेको छ । 

कोटीहोम विवादले उग्ररुप लिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले सोमबारका लागि दुवै पक्षलाई वार्तामा बोलाएका छन् । नेपाल मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिकालाई सोमबार वार्ताका लागि बोलाएको प्रजिअ पाण्डेले जानकारी दिए । उनले भने, ‘कोटीहोम विवाद चर्किन थाल्दा शान्ति सुरक्षाको समेत सवाल भएकाले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्न लागिएको हो ।’ 

कोटीहोमका लागि भूमि पूजन भएका दिन फागुन २३ गते वाराहीघाटमा झडप भएको थियो । झडपमा महानगर प्रहरीसहित १३ जना घाइते भएका थिए । कोटीहोम आयोजकतर्फका युवाहरूले रड र भालासहित आक्रमणमा उत्रेको महानगरले जनाएको छ । 

वैशाख १६ देखि जेठ २६ गतेसम्म फाउन्डेसनले पोखरामा कोटीहोम गर्दै छ । काठमाडौंको पशुपतिमा समेत कोटिहोम गरिसकेका विवादित पृष्ठभूमिका र आफूलाई धर्मगुरू बताउने विजय भण्डारीको अगुवाइमा कोटीहोम हुन लागेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ४० बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने