धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन  « Khabarhub

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ । सङ्घीय सरकारको ३२ करोड २५ लाख ९७ हजार लगानीमा निर्माण भएको सभा गृह आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा भाग लिन र सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि धनगढी पुगेका प्रधानमन्त्री ओलीले सभा गृहको पनि उद्घाटन गरेका हुन् । धनगढीमा बनेको सभा गृह यो नै पहिलो हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सभा गृह निर्माण गरिएको छ । 

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह उद्घाटनसँगै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

सभागृह अभावमा ठूला कार्यक्रमका लागि होटलका हलहरूको विकल्प थिएनन् । सभा गृह उद्घाटन सँगै ठूलो सभा सम्मेलन र गोष्ठी आयोजनाका लागि सहज हुने देखिन्छ । उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएको छैन भन्नेहरूका लागि एक उदाहरण सभा गृह रहेको बताए । 

ओलीले देश विकासको बाटोमा अगाडि बढिरहेको छ । एउटा प्रमाण यो हो । यो नै विकाश भइरहेको गतिलो प्रमाण हो । धनगढीले एक उपहार प्राप्त गरेको छ । यसलाई सदुपयोग गर्नुहोस् । गोष्ठी, सेमिनारहरू सञ्चालन गर्न आग्रह गरेका छन् ।

सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । जुनबेला ओली सरकारको नेतृत्वमा थिए । ओली सरकारकै नेकपा कालिन समयको सरकारले सभा गृह निर्माणको अवधारण सहित बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते निर्माण सकाएर ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो ।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । भने दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । 

सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो । सभागृहलाई सुदूरपश्चिमकै सुविधा सम्पन्न हलको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : २७ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा